
प्रज्ञा तिमल्सिना
काठमाडौं, चैत ११ । ‘क्षयरोग निर्मूल पार्न संगठित होऔं’ भन्ने नारासहित विश्व क्षयरोग दिवस विहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
अघिल्ला वर्षको तुलनामा नेपालमा क्षयरोगीको मृत्युदर घट्दै गएको छ । तर, अझैपनि ४० हजार क्षयरोगी उपचारको सम्पर्कका छैनन् ।
नेपालमा क्षयरोगका कारण मृत्यु हुनेको संख्या पछिल्ला वर्षमा घट्दै गएको एक अध्ययनले देखाएको छ ।
नेपालमा क्षयरोगीका बिरामीको संख्या घटेपनि अझै ४० हजार क्षयरोगी सम्पर्कका छैनन् । क्षयरोगीहरु खुलेर आउन नसक्ने समस्याका कारण कतिपयको पहिचान हुन सकेको छैन ।
नेपालमा वर्षेनि एक हजार मानिसको मृत्यु क्षयरोगका कारण हुने गरेको छ ।
विश्वमा पनि क्षयरोगीको संख्या घट्दै गएको तथ्यांकहरुले देखाएका छन् । विश्वमा ९६ लाख क्षयरोगी छन् ।
वर्षेनि १५ लाख मानिसको मृत्यु क्षयरोगका कारण हुने गरेको छ । क्षयरोगबारे जनचेतना बढ्दै गएका कारण क्षयरोगीको सख्या घट्दै गएको हो ।
सरकारले क्षयरोगविरुद्ध प्रत्यक्ष निगरानीमा गरिने उपचार ‘डट्स’ प्रविधिबाट सन् २००१ देखि नै सुरु गरेको थियो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्