
धनकुटा, जेठ ७ । धनकुटा नगरपालिका–१ ओक्मालुङका युवा आफ्नो क्षेत्रमा भएका पर्यटकीयस्थलको प्रवर्द्धनमा जुटेका छन् ।
स्थानीय लुङलाङ सामुदायिक वनभित्र रहेको गुफा र झरना प्रवर्द्धनमा युवा जुटेका हुन् । वनभित्र करिव एक सय मिटर लामो गुफा छ । जसमा एक द्वारबाट छिरेर अर्को द्वारबाट निस्कन करिब १५ मिनेटको समय लाग्छ ।
यो गुफाको सरसफाई र बाटो निर्माणमा स्थानीय जुटेका हुन् ।
त्यस्तै, गुफाभन्दा करिब पाँच सय मिटर टाढा ५० मिटर अग्लो झरनासमेत छ । यो झरनाको समेत संरक्षण र सरसफाइ गरी प्रचारप्रसारमा उनीहरु लागेका हुन् ।
गुफा संरक्षण तथा पूर्वाधार निर्माणका लागि प्रदेश सरकारअन्तर्गतको पर्यटन मन्त्रालयले यो वर्ष १० लाख रुपैयाँसमेत विनियोजन गरेको छ । जसबाट गुफा र झरनासम्म पुग्ने पहुँचमार्ग तथा थप पूर्वाधार विकास गरिने स्थानीय अर्जुन छाराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्