जिविसको सक्रियतामा खानीहरुको अनुगमन हुँदै • Image Khabar Image Khabar


जिविसको सक्रियतामा खानीहरुको अनुगमन हुँदै


Imagekhabar
१२ चैत्र २०७२, शुक्रबार ०५:४६

जिविसको सक्रियतामा खानीहरुको अनुगमन हुँदै

धादिङ, चैत १२ । जिल्ला विकास समिति धादिङले खानीहरुको अनुगमन सुरु गरेको छ ।

वातावरण जोगाउँदै बालुवा, ढुंगाका खानी सञ्चालन गर्नका लागि दबाब बढ्दै जान थालेपछि जिल्ला विकास समितिले खानीहरुको अनुगमन सुरु गरेको हो ।

जिल्लाको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको ढुंगा, गिट्टी र बालुवाका खानीलाई अहिले जिविसले ब्यवस्थित बनाउँदै करको दायरामा समेत ल्याउन थालेको छ । अनुगमनमा दर्ता नगरी चलाई रहेका खानीलाई खानी तथा भूगर्भ विभागसँगको सहकार्यमा दर्ता गर्नका लागि समेत अनुरोध गरिएको छ ।

नियमित कर तिरेको छ/छैन हेर्ने कार्य समेत तीब्र पारेको जिविस धादिङले जनाएको छ । जिल्लामा छाउने ढुंगा, स्लेट, चुनढुंगालगायतका खानीसमेत सञ्चालनमा छन् ।

जिल्ला विकास समितिले यस वर्ष खानीजन्य बस्तुको बिक्री तथा निकासी कर बापत करिव १९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्