Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


जनताले चाहे नेपाल हिन्दूराज्य बन्नसक्छ : बाबुराम


0
Shares

वीरगन्ज, चैत १३ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराइले जनताले चाहेको अवस्थामा नेपाल हिन्दु धर्मराज्य बन्नसक्ने बताएका छन् ।

नयाँ शक्ति पार्टी पर्साले शनिबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा संयोजक डा. भट्टराईले ‘लोकतन्त्रको मेरुदन्ड नै धर्मनिरपेक्षता भएकाले नै आफूहरुले धर्मनिरपेक्ष संविधान बनाएको तर नेपालको संविधान परिवर्तनशील भएकाले जनताले चाहेमा मुलुक हिन्दु धर्मराज्य हुनसक्ने’ बताए ।

उनले मधेसका मुद्दा सबैका साझा भएकाले संविधान संशोधनबाट मधेसका माग पूरा गरेर जानुपर्ने बताए । त्यसका लागि छलफल गर्न आफू वीरगन्जमा आएको उनको भनाइ थियो ।

संयोजक डा. भट्टराईले मधेस आन्दोलनको मूल्यांकन हुने समयमा मधेसी मोर्चाले बीचैमा आन्दोलन तुहाएकाले त्यसको पनि मधेसी युवाहरुले मूल्यांकन गर्नुपर्ने बताए ।