
काठमाडौं, चैत १४ । गत साता बेल्जियमको ब्रसेल्समा भएको आक्रमणपछि पक्राउ परेका एक ब्यक्ति नै मूख्य अभियुक्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनालगत्तै पक्राउ परेका फैसल शेफु नामका युवक नै सो घटनाका मूख्य अभियुक्त ठहर भएको बेल्जियममा सञ्चार माध्यमहरुले जनाएका छन् ।
घटनापछि सार्वजनिक गरिएको तस्वीरमा सेता पहिरनमा देखिएका युवक नै मूख्य अभियुक्त मानिएका हुन् ।
उनी पेशाले स्वतन्त्र पत्रकार रहेको बुझिएको छ । उनीमाथि अनुसन्धान जारी छ । गत साता ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेशनमा गराइएको आक्रमणमा ३४ जना मारिएका थिए ।
घाइते भएका मध्ये अधिकांशको सघन कक्षमा उपचार भइरहेको छ । यसैबीच सुरक्षाका दृष्टिले बन्द रहेको ब्रसेल्स जाभेन्टम विमानस्थल आगामी मंगलबारबाट मात्रै सञ्चालनमा ल्याइने बेल्जियम सरकारले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्