देशको आर्थिक सम्बृद्धिका लागि सहयोग गर्नुहोस : प्रधानमन्त्री • Image Khabar Image Khabar


देशको आर्थिक सम्बृद्धिका लागि सहयोग गर्नुहोस : प्रधानमन्त्री


Imagekhabar
१५ चैत्र २०७२, सोमबार ०६:५५

देशको आर्थिक सम्बृद्धिका लागि सहयोग गर्नुहोस : प्रधानमन्त्री

काठमाडौं, चैत १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक रुपमा नेपाल स्थायित्वको बाटोमा गएको भन्दै अब आर्थिक सम्बृद्धिका लागि सहयोग गर्न दातृ निकायलाई आग्रह गरेका छन् ।

राष्ट्रिय योजना आयोग र एसियाली विकास बैंकले आज काठमाडौंमा गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको आर्थिक सम्बृद्धिको आधार कृषि, पर्यटन र उर्जा भएको बताए ।
उनले अब राष्ट्रको एजेण्डा भनेको आर्थिक सम्बृद्धिसहितको समानतामूलक समाज भएको बताए ।

दुई वर्षभित्र मुलुकलाई लोडसेडिङबाट मुक्त गरी विकासको दु्रत मार्गमा प्रवेश गराउने आफूहरुको चाहना भएकाले यसका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री विष्णु पौडेलले कृषि, उद्योग र सेवाको क्षेत्र विस्तार गरी मुलुकलाई आत्मनिर्भर बनाउन अब धेरै समय नलाग्ने बताए । उनले सन् २०३० सम्ममा गरिबीलाई दोहोर अंकबाट एक अंकमा झारिने भन्दै नेपाललाई लगानीको मात्र आवश्यकता रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा, एडिबीका उपाध्यक्ष विनकाई च्याङले नेपालको विकासका बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्