
काठमाडौं, जेठ ६ । २५६३औं बुद्धजयन्तीको अवसरमा काठमाडौंस्थित श्रीलंका दूतावासले सोमबार बुद्धजयन्ती मनाएको छ ।
नेपाली थेरवादी भिक्षुहरुको सहभागितामा बुद्धजयन्ती मनाइएको हो ।
सो अवसरमा सातौं संघनायक धम्मचार्य अग्गमहा पण्डित भिक्षु डा. ज्ञानपुणिक महास्थवीरबाट पञ्चशील प्रार्थना गरी बुद्धपूजासमेत गरिएको थियो ।
श्रीलंकामा गत महिना भएको आतंकवादी बम आक्रमणमा परी मृत्यु भएका र घाइतेप्रति दुःख व्यक्त गर्दै भिक्षुहरुबाट मैत्रीसूत्र र जय महामंगल बौद्धपाठसमेत गरिएको थियो ।
सो अवसरमा नेपालका लागि श्रीलंकाका राजदूत स्वर्ण पेरिराले बुद्धको जन्मभूमि नेपाल र बौद्धदेश श्रीलंकाबीचको सम्बन्धलाई बौद्धधर्ममार्फत् अझै उचाइमा पुर्याउनुपर्ने बताइन् ।
सोही अवसरमा दूतावासले बौद्धभिक्षुहरुलाई अष्ट परिकार दानसमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्