
काठमाडौं, जेठ ६ । विभिन्न पेसासँग आवद्ध व्यक्तिहरुले सरकारले ल्याएको नागरिकता विधयकको खुलेर विरोध गर्न आग्रह गरेका छन् ।
पेसागत महासंघको २५औं स्थापना दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित गोष्ठीका सहभागीहरुले नागरिकता विधयक राष्ट्रघाती रहेको भन्दै अब सबैले खुलेर विरोध गर्नुपर्ने र देश बचाउनुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले भारतले खुला सिमाना र नागरिकता वितरणमा कहिल्यै सम्झौता नगर्ने भन्दै नेपाल नै चनाखो हुुनुपर्ने बताए ।
उनले ‘राष्ट्रियताका लागि नागरिकता वितरणमा सरकार कठोर र अनुदार हुनैपर्छ’–भने ।
नागरिक अगुवा साध्यबहादुर भण्डारीले अखन्ड भारतको योजनाअनुरुप नेपालमा हरेक राजनीतिक परिवर्तनसँगै नागरिकताको मुद्दा आउने गरेको भन्दै नागरिकता विधयक पारित भए नेपाल नै नरहने दाबी गरे ।
यस्तै, नेकपाका नेता भीम रावलले नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको बताए ।
नेकपाका अर्का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा नागरिकता विधयक पारित गर्ने पक्षमा नेकपा नरहेको दाबी गरे ।
उनले नागरिकता विधेयक र नागरिकतासम्बन्धी संवैधानिक प्रावधानलाई एकसाथ राखेर छलफल हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्