१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


नयाँदिल्लीबाट १० नेपाली महिलाको उद्धार


0
Shares

मनिष गुप्ता (इमेज)

कपिलवस्तु, जेठ ६ । विभिन्न नाका हुँदै भारतको नयाँदिल्ली पुर्‍याइएका १० जना नेपाली महिलाको आफन्त नेपाल नामक संस्थाले उद्धार गरेको छ ।

कुवेत जाने प्रलोभनमा दलालहरुले दिल्ली पुर्‍याइएका महिलालाई उद्धार गरी नेपाल ल्याइएको हो ।

नेपालगन्जका जमुनाहा नाका, सुनौली नाका र काँकडभिट्टा नाका हुँदै आफूहरुलाई दिल्ली पुर्‍याएको उनीहरुले बताएका छन् ।

उद्धार गरिएका १० मध्ये ६ जनालाई परिवारको जिम्मा लगाइएको छ । चारजनालाई चितवनस्थित आफन्त नेपालको कार्यालयमा राखिएको छ ।