Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


अन्तिम स्वीकृति खुला गर्ने निर्णय, १५ हजार भिसा लागेका व्यक्ति रोजगारीमा जान पाउने


0
Shares

काठमाडौं, चैत १७ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीका लागि भिसा प्राप्त गरेका कामदारको अन्तिम स्वीकृति लिने जनाएको छ ।

विभिन्न माग राखी गत फागुन २२ गतेदेखि सबै मेनपावर कम्पनी बन्द गरी आन्दोलन गर्दै आएको संघले सरकारले वार्ताका लागि औपचारिक आह्वान गरेपछि केहि दिनका लागि अन्तिम स्वीकृति लिन खुला गरेको जनाएको हो ।

संघले पूर्वस्वीकृति दिने कार्य भने स्थगित नै राखेको जनाएको छ ।

संघले बुधबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विमल ढकालले ३१ मार्च २०१६ सम्म भिसा प्राप्त गरेका कामदारहरुको अन्तिम स्वीकृति लिने बताए ।

श्रम तथा रोजगार मन्त्रालयले व्यवसायीहरुको माग सम्बोधन गर्न ५ सदस्यीय टोली गठन गरी वार्तामा आउन मंगलबार आह्वान गरेको थियो ।

सो आह्वानलाई सकारात्मकरुपमा लिइ संघले अन्तिम स्वीकृति लिन खुला गरेको अध्यक्ष ढकालले बताए ।

हाल १५ हजार बढी भिसा लागेका व्यक्तिहरुले अन्तिम स्वीकृति पाउने संघले जनाएको छ ।

आफूहरुको माग सम्बोधन गर्न सरकारले आलटाल गरे पुनः स्वीकृति दिने कार्य बन्द गर्ने चेतावनी संघले दिएको छ ।

व्यवसायीहरुको आन्दोलनका कारण रोजगारीमा जान लागेका हजारौं व्यक्ति प्रभावित हुँदै आएका छन् ।

Skip This