९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


‘पदका लागि प्रधानमन्त्री भएको होइन’


0
Shares

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी ओलीले आफू पदका लागि नभइ देशलाई विकासको गतिमा अघि बढाउन प्रधानमन्त्री भएको बताएका छन् ।

रिपोर्टर्स् क्लबको १८औं वार्षिकोत्सव कार्यक्रममा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री बन्नुअघि नै भारतीय नाकाबन्दी भएको भन्दै भारत भ्रमणबाट नाकाबन्दी समाप्त भएको दाबी गरे ।

आफ्नो चीन भ्रमणबाट पनि देशमा सम्भावनाका ढोकाहरु खुलेको उनको भनाइ थियो ।

सो अवसरमा विभिन्न सन्चारमाध्यममा कार्यरत् पत्रकारहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।