९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


नेपाल–भारतबीचको चिसोपन अन्त्य गर्न सरकार सफल : उपप्रम थापा


0
Shares

हेटौंडा, चैत १७ । उपप्रधानमन्त्री कमल थापाले संविधान जारी भएपछि नेपाल–भारतबीच उत्पन्न चिसोपनलाई अन्त्य गर्न सरकार सफल भएको दाबी गरेका छन् ।

बुधबार हेटौंडामा राप्रपा नेपालको हेटौंडा नगर परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले ‘भारतसँगको सम्बन्ध सुदृढमात्र नभइ चीनसँग पारवहन तथा यातायात सम्झौतालगायतका महत्वपूर्ण सम्झौताहरु गर्न पनि वर्तमान सरकार सफल भएको छ’–भने ।

अगामी दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने उद्घोषसमेत उनले गरे ।