
पोखरा, चैत १७ । पोखरामा बुधबार दिउँसो पनि हावाहुरीसहित अत्याधिकरुपमा असिना पानी परेको छ ।
आइतबारयता लगातार चल्ने हावाहुरी र असिना पानीको कारण तरकारी तथा फलफूलमा क्षति पुर्याउँदा किसान चिन्तित भएका छन् ।
बारीमा टिप्न तयारी अवस्थामा रहेका बन्दा, काउली, ब्रोकाउली, रायो, मुला, धनियाँ, केराउँलगायत लहरे तरकारी बाली नस्ट भएका हुन् ।
असिना पानीले हेम्जा, भलाम, अर्मला, मिजुरे, लेखनाथलगायतका स्थानमा बढी क्षति गरेको जिल्ला कृषी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्