Logo २० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026


विद्यार्थी संगठनहरुले कालोबजारी र मंहगीका विरुद्ध प्रदर्शन गर्ने


0
Shares

काठमाडौं, चैत १८ । मुलुकमा व्याप्त कालोबजारी र मंहगीका विरुद्ध संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्ने भएको छ ।

शुक्रबार दिउँसो राजधानीको प्रदर्शनीमार्ग गर्न लागेको विरोध प्रदर्शनमार्फत पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी नियन्त्रण नभएको साथै सामान्य नागरिकको ढाडै सेक्नेगरी खाद्यय सामाग्रीमा भइरहेको मंहगीका विरुद्ध विद्यार्थी संगठनहरु विरोधमा उत्रिन लागेको नेवि संघका प्रवक्ता युपी लामिछानेले बताए ।

संयुक्त विद्यार्थी संगठनको आज बसेको बैठकले यथाशिघ्र स्ववियू निर्वाचनको मिति तय गर्न मागसमेत गरेको छ । बैठकले निजी शैक्षिक संस्थाहरुले लिइरहेको चर्को शुल्कका विषयमा शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ

साथै गत बैशाख ६ गते निजी विद्यालय र विद्यार्थी संगठनहरुबीच भएको १० बुँदे सहमति लागु गर्न जोडदार माग गरेको लामिछानेले जानकारी दिए । बैठकमार्फत जारी एसएलसी परीक्षा सहज ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ ।