३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


पहिलो एक दिवसीय क्रिकेटमा भारत विजयी


0
Shares

लन्डन, असार २९ । इंग्ल्याण्ड विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ८ विकेटले विजयी भएको छ ।

ट्रेन्ट ब्रिजमा गएराति भएको खेलमा भारतलाई विजयी गराउन रोहित शर्माले अविजित शतक बनाए । २६९ रनको लक्ष्य पछ्याएको भारतका लागि रोहितले अविजित १३७ रन बनाएपछि टोलीले ४१ औं ओभरमा २ विकेट गुमाउँदै विजयी लक्ष्य पुरा गरेको हो ।

रोहितले दोस्रो विकेटका लागि कप्तान विराट कोहलीसँग १६७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । यसक्रममा कोहलीले ७५ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यण्डले ५० ओभरको खेलमा १ बल बाँकी छँदा सबै विकेट गुमाउँदै २६८ रन बनाएको थियो । घरेलु टोलीका जोस बट्लरले ५३ रन जोड्दा बेन स्टोक्सले ५० रन बनाए । उत्कृष्ट बलिङ गरेका भारतका कुलदिप यादवले ६ विकेट लिए । 

गएरातिको जितसँगै भारतले ३ एक दिवसीय खेलको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो एक दिवसीय खेल शनिबार लर्ड्स मैदानमा हुनेछ ।