२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गति किन सुस्तायो ?


0
Shares

प्रकाश लम्साल

बारा, जेठ ६ । बाराको जितपुर–सिमरामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा काम गतिहीनजस्तै बनेको छ ।

विमानस्थल निर्माणमा रुख कटान र मुआब्जाको विषयमा विवाद हुँदा मुख्य काम धरापमा परेको हो ।

रुख काट्ने विषय निकै विवाद हुँदा बहुप्रतिक्षित बाराको निर्माणाधीन निजगढ विमानस्थलको काम अवरुद्ध बनेको छ । विमानस्थल निर्माणमा प्रारम्भिक कामहरु केही उत्साहप्रद देखिएको भए पनि अहिले विवादका कारण मुख्य काम अन्योलमा परेको छ ।

मुख्य समस्याका रुपमा रहेको टांगियाबस्तीलाई अन्यत्र सार्न ठाउँ चयन गरी स्थानीय सरकारले मन्त्रालयमा पत्राचार गरेको भए पनि पत्र ६ महिनादेखि रोकिँदा समग्र विमानस्थलको काम नै ठप्प बनेको हो । विमानस्थलको धावनमार्गको बीचमै सो टांगियाबस्ती परेकाले यसलाई अन्यत्र सार्न करिब ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

विमानस्थल निर्माणको काम अघि नबढ्नुको मुख्य कारण टांगियाबस्ती नै भएको ठहर आयोजनाको छ । आफूहरु राज्यले तोकेको ठाउँमा स्थानन्तरण हुन तयार रहे पनि तर सरकारको ढिलासुस्तीबाट आफूहरु बिचल्लीमा परेको टांगियाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाको गुनासो छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्