१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


राजधानीको टोखामा प्रहरीद्वारा गोली प्रहार, एकजना घाइते


0
Shares

काठमाडौं, जेठ ६ । काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

चोरीको घटनामा संलग्न रहेका अभियुक्त काले भनिने विष्णु तामाङलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि अभियुक्तले प्रतिकार गरेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।

गोली लागेर विष्णु तामाङ घाइते भएका छन् । उनी सातवटा चोरीका घटनामा संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो ।

उनी ६ वर्षदेखि फरार रहँदै आएका थिए । गोली लागेर घाइते भएका उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।