 
	    काभ्रे, चैत २३ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले भूकम्प प्रभावित जिल्ला काभ्रेमा अस्थायी सिकाई केन्द्रमा सञ्चालित परीक्षाको निरिक्षण गरेका छन् ।
त्रिपाल र च्यातिएको मान्द्रो बेरेर परीक्षा सञ्चालन गरिएको बनेपामा रहेको आजाद उच्च माध्यामिक बिद्यालय र साँगाको महेन्द्र माध्यामिक बिद्यालय केन्द्रमा परीक्षा दिईरहेका विद्यार्थीहरुको परीक्षा निरिक्षण गरेका थिए ।
मन्त्री पोखरेलले परीक्षा निरिक्षण लगत्तै संचारकर्मीसँग कुरा गर्दै आफु अनुगमन भन्दा पनि विनाशकारी भुकम्प आए पछिको असहजता र भारतले गरेको नाकाबन्दीको प्रभावबाट एसएलसी परिक्षार्थीमा परेको समस्यालाई नजिकबाट नियाल्न आएको बताए ।
अबको ३ वर्ष भित्र माध्यामिक तहका सबै विद्यालयको पूर्ननिर्माणको काम सकिसक्ने गरि काम अगाडि बढाएको पोखरेलले बताए । भूकम्प पछि विद्यालयका भौतिक संरचनाहरु पूर्ण रुपमा क्षति भए पछि विद्यार्थीहरुले अस्थायी सिकाई केन्द्रबाट एसएलसी परीक्षा दिईरहेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्