‘नेपालमा टेबलटेनिस प्रबद्र्धनका लागि पहल गर्छु’ • Image Khabar Image Khabar


‘नेपालमा टेबलटेनिस प्रबद्र्धनका लागि पहल गर्छु’


Imagekhabar
२३ चैत्र २०७२, मंगलवार ११:४२

‘नेपालमा टेबलटेनिस प्रबद्र्धनका लागि पहल गर्छु’

काठमाडौं, चैत २३ । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघका अध्यक्ष थोमस विर्कपले नेपालमा टेबलटेनिस खेलको प्रबद्र्धनका लागि आफूले यथेस्ट पहल गर्ने आश्वासन दिएका छन् ।

‘टेबलटेनिस फर नेपअल’ नामक प्रोजेक्टको उद्घाटनका लागि काठमाडौं आएका विर्कपले टेबलटेनिस खेलले मनोरन्जन दिनुकासाथै युवापुस्ताको व्यक्तित्व विकासमासमेत सहयोग पुर्‍याउने बताए ।

अखिल नेपाल टेबलटेनिस संघ तथा राष्ट्रिय पारा टेबलटेनिस संघले संयुक्तरुपमा सन्चालन गर्ने टेबलटेनिस फर नेपअल प्रोजेक्टको बुधबार उद्घाटन हँुदैछ ।

असक्त नेपाली बालबालिकालाई टेबलटेनिस खेलसम्बन्धी तालिम दिन भन्दै प्रोजेक्ट सुरु गर्न लागिएको आयोजक संघले जनाएको छ ।

तीन वर्षे प्रोजेक्ट सन्चालन गर्न संघलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघले १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्