मनाङ सेमिफाइनलमा, ओलावलेले गरे ह्याट्रिक • Image Khabar Image Khabar


मनाङ सेमिफाइनलमा, ओलावलेले गरे ह्याट्रिक


Imagekhabar
२३ चैत्र २०७२, मंगलवार १३:०९

मनाङ सेमिफाइनलमा, ओलावलेले गरे ह्याट्रिक

झापा, चैत २३ । रुपन्देही–११ लाई पराजित गर्दै मनाङ–मर्स्याङ्दी क्लब रमपम झापा गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा रुपन्देहीलाई ४–१ ले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो ।

मनाङलाई खेलको ३३औं मिनेटमा विदेशी खेलाडी शिसोकोले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ४३, ५३ र ६५औं मिनेटमा विदेशी खेलाडी अफिज ओलावलेले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने टिमको जित सुनिश्चत गरे ।

रुपन्देहीका लागि खेलको अन्तिम मिनेटमा पुकार गहतराजले एक सान्त्वना गोल फर्काए ।

मनाङका अफिज ओलावले खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताको बुधबार हुने पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्