वार्सिलोना र बायर्न म्युनिख विजयी, सुवारेजले गरे दुई गोल • Image Khabar Image Khabar


वार्सिलोना र बायर्न म्युनिख विजयी, सुवारेजले गरे दुई गोल


Imagekhabar
२४ चैत्र २०७२, बुधबार ०१:०९

वार्सिलोना र बायर्न म्युनिख विजयी, सुवारेजले गरे दुई गोल

काठमाडौं, चैत २४ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरुमा वार्सिलोना र बायर्न म्युनिख विजयी भएका छन् ।

आफ्नै मैदान नुवो क्याम्पमा मंगलबार राती भएको क्वाटरफाइनल पहिलो लेगको खेलमा वार्सिलोनाले एथ्लेटिको मड्रिडलाई २-१ ले हरायो । स्पेनिस लिगकै प्रतिद्वन्द्वी एथ्लेटिको विरुद्धको युरोपियन भिडन्तमा वार्सिलोनालाई विजयी गराउन दुबै गोल लुइस सुवारेजले गरे ।

खेलको २५ औं मिनेटमा एथ्लेटिकोका फर्नान्डो टोरेसले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । तर ३५ औं मिनेटमा टोरेसले रातो कार्ड खाएपछि दोस्रो हाफमा वार्सिलोनाका सुवारेजले दुई गोल गर्दै टोलीलाई विजयी गराए ।

यी दुई टोलीबीचको क्वाटरफाइनल दोस्रो लेगको खेल यही अप्रिल १४ तारीखमा एथ्लेटिको मड्रिडको मैदानमा हुनेछ ।

च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको अर्को खेलमा जर्मन क्लव बायर्न म्युनिखले पोर्चुगलको बेनीफिकालाई १-० ले हरायो ।

आफ्नै मैदानमा भएको खेलमा बायर्न म्युनिखलाई विजयी गराउन अर्टुरो भिडालले दोस्रो मिनेटमै गरेको गोल निर्णायक बन्यो ।च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाईनलका बाँकी दुई खेल आज राति हुनेछन् ।

आज फ्रान्समा हुने खेलमा घरेलु टोली पेरिस सेन्ट जर्मेनले इङ्ल्यान्डको म्यानचेस्टर सिटीसँग खेल्दा जर्मनीको उल्फवर्गले उसैको मैदानमा स्पेनको रियल मड्रिडसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्