लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका सबै पदमार्ग खुल्ला • Image Khabar Image Khabar


लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका सबै पदमार्ग खुल्ला


Imagekhabar
२४ चैत्र २०७२, बुधबार ०४:०८

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका सबै पदमार्ग खुल्ला

रसुवा, चैत २४ । विनासकारी भूकम्पपछि अवरुद्ध बनेका लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका सबै पदमार्ग खुल्ला गरिएको छ ।

बैसाख १२, १३ र २९ गते गएका भूकम्प र त्यसपछिको हिम पहिरोका कारण क्षतविच्छेद बनेको निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको पर्यटकीय पदमार्ग मर्मत सम्भारपछि पर्यटकका लागि खुल्ला गरिएको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्लु डब्लु एफ रसुवाको हरियो वन कार्यक्रममार्फत् ८१ लाख ८५ हजार रुपैयाँको लागतमा पर्यटकीय मार्ग निर्माण गरिएपछि प्रशासनले पदमार्ग खुल्ला गरेको हो ।

पदमार्ग भएका क्षेत्रमा प्रहरी पोष्ट राखिएकाले आवतजावत गर्न सहज रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा वर्षेनी १८ हजारभन्दा बढी वाह्य पर्यटक आउने गरेको निकुञ्ज कार्यालयको तथ्याङ्क छ ।

साउनदेखि हालसम्म भूकम्पका कारण पदमार्गको विभिन्न स्थानमा सुख्खा पहिरो गएर पदमार्ग अवरुद्ध भएपछि आन्तरिक तथा वाह्य पर्यटकका लागि वन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्