एकै स्थानका दुई किशोरी एकैसाथ बलात्कृत • Image Khabar Image Khabar


एकै स्थानका दुई किशोरी एकैसाथ बलात्कृत


Imagekhabar
२४ चैत्र २०७२, बुधबार ०९:०६

एकै स्थानका दुई किशोरी एकैसाथ बलात्कृत

महोत्तरी, चैत २४ । महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा दुई किशोरी एकैसाथ बलात्कृत भएका छन् ।

सुन्दरपुर–८ बस्ने १४ वर्षीया र १३ वर्षीया किशोरी एकैसाथ बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुबै किशोरी गत बिहीबार राति ९ बजेको समयमा सुन्दरपुर गाविस–८ बस्ने २५ वर्षीय विनोद यादव र २० वर्षीय कृष्ण यादवबाट बलात्कृत भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

गाउँको सडकमा हिँडेर जाँदै गरेका दुबै किशोरीलाई सडकपेटीमै ढुकेर बसेका दुबै युवकले स्थानीयबासी रामकृपाल यादवको घरमा लगी बलात्कार गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

बलात्कार गरी फरार दुबै युवकलाई मंगलबार राति जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको छ ।

उनीहरुमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्