२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


नेप्से सामान्य अंकले रातो, कारोबार उच्च


0
Shares

काठमाडौं, जेठ ५ । आइतबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले रातो रह्यो भने कारोबार उच्च नै रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले ऋणात्मक रहेर १३ सय १६ कायम भयो ।

यसदिन कारोबार भएका आधा समूह हरियो रहे भने आधा समूह रातो रहे ।

विकास बैंक, जलविद्युत्, वित्त, उत्पादन, अन्य र सामूहिक लगानी कोष हरियो रहे भने वाणिज्य बैंक, व्यापार, होटल, निर्जीवन बिमा, लघुवित्त र जीवनबिमा समूह रातो रहे ।

यसदिन १७२ कम्पनीका ३२ लाख ७५ हजार बराबर कित्ता सेयर एक अर्ब ८ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।