२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


९ महिनासम्ममा व्यापार घाटा १० खर्बनजिक


0
Shares

काठमाडौं, जेठ ५ । चालू आर्थिक वर्षको ९ महिनासम्ममा व्यापार घाटा बढेर १० खर्बनजिक पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक एवं वित्तीय स्थितिमा चैत मसान्तसम्म व्यापार घाटा ९ खर्ब ९१ अर्ब ८१ करोड रुपैयाँ पुगेको जनाइएको हो ।

यस अवधिसम्ममा कुल वस्तु निर्यात १६.९ प्रतिशतले बढेर ६९ अर्ब ८२ करोड पुगेको छ भने कुल वस्तु आयात २१.३ प्रतिशतले बढेर १० खर्ब ६१ अर्ब ६३ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले वृद्धि भइ ६ खर्ब ५३ अर्ब १९ करोड पुगेको छ ।

समीक्षा अवधिमा शोधनान्तर घाटा पनि बढेको छ । ९ महिनासम्ममा शोधनान्तर ६४ अर्ब ६८ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ६० करोडले घाटामा थियो ।

समीक्षा अवधिमा चालू खाता घाटा पनि विस्तार २०४ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७२ अर्ब ६७ करोड रहेको थियो ।