५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


पाहाँचह्रे अर्थात् पाहुना बोलाउने पर्व, यसरी मनाइन्छ यो जात्रा (भिडियोसहित)


0
Shares

गृष्मा राजभण्डारी

काठमाडौं, चैत २४ । नेपाल धर्म र संस्कृतिले धनी मुलुक हो । त्यसमा पनि काठमाडौं उपत्यका त संस्कृतिका दृष्टिले निकै नै वैभवपूर्ण रहेको छ ।

काठमाडौंलाई मन्दिर र जात्रै–जात्राको सहर नै भनिन्छ । यहाँ कुनै एउटा त्यस्तो मौसम हुँदैन, जहाँ जात्रा नहोस् ।

वर्षको अन्तिम महिना चैत त नेवारी संस्कृतिका लागि झनै महत्वपूर्ण मानिन्छ ।

नेपाली जनजीवन चाडपर्व, जात्रा र उत्सवले भरिपूर्ण छ । यहाँ बाह्रै महिना धार्मिक र मनोरन्जनात्मकरुपमा विभिन्न पर्व मनाइने गरिन्छ ।

पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्मकै भू–भागमा यस्ता जात्राले छपक्कै छोपेको हुन्छ । त्यसमा पनि काठमाडौं उपत्यका त यस मामलामा झनै विशेष रहेको छ ।

यहाँ मनाइने जात्राहरुमध्ये एक हो, पाहुना बोलाउने पर्व अर्थात् पाहाँचह्रे । यसमा जात्राको सुरुमा पशुपतिबाट महादेवलाई खटमा राखी तीन अजीमा र नक्साल भगवती रहेको स्थानमा गइ दूधे बालकदेखि बृद्धबृद्धासमेतलाई पाहुना बोलाउने चलन छ ।

जसमा कंकेश्वरी अजीमा, वोटु अजिमा, लुटी अजीमा, नक्साल भगवती रहेको स्थानलगायत नेवार समुदाय रहेको टोल–टोलमा पाहाँचह्रे पर्व सुरु हुन्छ ।

पाहाँचह्रेको दिन पिंगलास्थानमा रहेको पिंगलामाइमा बलि चढाइ सामूहिक भोज खाने चलन छ । यसको मूल उद्देश्य सबै जाति एक हौं, जातको भेदभाव नगरौं भन्ने नै हो ।

जात्राका त्रममा आफन्तजन भेला भइ भोज खाने र रमाइलो गर्ने चलन छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।