अब आर्थिक क्रान्ति : मन्त्री पाण्डे • Image Khabar Image Khabar


अब आर्थिक क्रान्ति : मन्त्री पाण्डे


Imagekhabar
२४ चैत्र २०७२, बुधबार ११:४६

अब आर्थिक क्रान्ति : मन्त्री पाण्डे

लमजुङ, चैत २४ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले देशमा अब आर्थिक क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।

लमजुङ सदरमुकाम बेसीसहरमा बुधबारदेखि सुरु भएको प्रथम बेसीसहर महोत्सवको उद्घाटन गर्दै उनले देशलाई औद्योगिकरण गर्दै आर्थिक क्रान्तिको बाटोमा अघि बढ्नुपर्ने बताए ।

फेरि राजनीतिक संघर्ष, लडाइँ र क्रान्तिको आवश्यकता नरहेको उनको जिकिर थियो ।

महोत्सवमा १ सय ६५ ओटा स्टल रहेका छन् भने महोत्सव वैशाख २ गतेसम्म सन्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्