Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


राष्ट्रिय एकताको खाँचो : मन्त्री सापकोटा


0
Shares

सर्लाही, चैत २४ । वन तथा भू–संरक्षणमन्त्री अग्नि सापकोटाले संविधान कार्यान्वयन गर्न राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् ।

बुधबार सर्लाहीको चन्द्रनगरमा नेपाली सेनाले नारीमन तालमा निर्माण गरेको विभिन्न भौतिक संरचनाहरु हस्तान्तरण कार्यक्रममा मन्त्री सापकोटाले अहिलेसम्मका उपलब्धि संस्थागत् गर्न संविधान कार्यान्वयन गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्री, सांसद शम्भुलाल श्रेष्ठ, राष्ट्रिय चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादव, प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्ले, जिल्लास्थित कार्यालय प्रमुखहरुको उपस्थिति थियो ।

नेपाली सेनाको राष्ट्रिय विकास गण उदयपुरको टोलीले नारीमन ताललाई पर्यटकीयस्थलकोरुपमा विकास गर्न एक करोड ४९ लाखको लागतमा डुंगा, प्रतीक्षालय, तारजाली, पोखरी सरसफाइलगायतको काम गरेको ताल संरक्षण समितिका अध्यक्ष राजकुमार साहले जानकारी दिए ।

 

Skip This