थ्रीस्टारलाई हराउँदै झापा फाइनलमा • Image Khabar Image Khabar


थ्रीस्टारलाई हराउँदै झापा फाइनलमा


Imagekhabar
२४ चैत्र २०७२, बुधबार १३:३६

थ्रीस्टारलाई हराउँदै झापा फाइनलमा

झापा, चैत २४ । आयोजक झापा–११ रमपम झापा गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

झापामा जारी प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनलमा ललिपुरको थ्रीस्टार क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै झापा उपाधिनजिक पुगेको हो ।

खेलको निर्धारित् समयमा दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा पनि दुबै टिमबाट गोल हुन नसकेपछि भएको ‘ट्राइब्रेकर’मासमेत ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट निक्लिएको हो ।

यसअघि, खेलको ५४औं मिनेटमा शिव श्रेष्ठको गोलबाट थ्रीस्टारले सुरुआती अग्रता लिएपनि ७४औं मिनेटमा झापा–११ का कर्ण लिम्बुले गोल फर्काउँदै बराबरी गरेका थिए ।

खेलको ‘म्यान अफ द म्याच’ झापा–११ का कर्ण लिम्बु घोषित भए ।

विहीबार हुने अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी र मनाङ–मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्