सुनौलो संगम फाइनलमा • Image Khabar Image Khabar


सुनौलो संगम फाइनलमा


Imagekhabar
२४ चैत्र २०७२, बुधबार १४:१०

सुनौलो संगम फाइनलमा

बुटवल, चैत २४ । विभागीय टिम सशस्त्र प्रहरीलाई हराउँदै सुनौलो संगम युवा क्लब, बुटवल सीपीएन युएमएल प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुटवलमा जारी प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरी ४–२ गोलले पराजित भएको हो ।

खेलको पहिलो मिनेटमै सशस्त्रका चुडामणि चौधरीले गोल गर्दै अग्रता सुरुआती दिलाएका थिए ।

तर, सुनौलो संगमका रितेश मल्लले गोल गर्दै छैटौं मिनेटमा नै खेल बराबरीमा पुर्‍याए ।

सुनौलो संगमका लागि १६औं मिनेटमा फेरि रितेश मल्लले, २६औं मिनेटमा जनम लिगलले गोल गरे ।

३५औं मिनेटमा सुरज हमालले गोल गर्दै पहिलो हाफमा टिमलाई ४–१ को अग्रता दिलाए ।

सशस्त्रका लागि खेलको दोस्रो हाफमा चुडामणि चौधरीले नै अर्को एक गोल फर्काए ।

प्रतियोगिताको ‘म्यान अफ द म्याच’ सशस्त्रका चुडामणि चौधरी घोषित भए ।

सुनौलेले विहीबार हुने त्रिभुवन आर्मी र नवजागृति क्लब सिमराको विजेतासँग उपाधिका लागि भिड्ने छ ।

प्रतिक्रिया दिनुहोस्