रियाल मड्रिड पराजित, म्यान्चेस्टर सिटी र पिएसजी बराबरीमा • Image Khabar Image Khabar


रियाल मड्रिड पराजित, म्यान्चेस्टर सिटी र पिएसजी बराबरीमा


Imagekhabar
२५ चैत्र २०७२, बिहीबार ००:५५

रियाल मड्रिड पराजित, म्यान्चेस्टर सिटी र पिएसजी बराबरीमा

काठमाडौं, चैत २५ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनको रियाल मड्रिडलाई जर्मन क्लव उल्फवर्गले पराजित गरेको छ ।

बुधबार राती आफ्नै मैदानमा भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा उल्फवर्गले रियाल मड्रिडलाई २-० ले हराएको हो ।

खेलमा उल्फवर्गलाई विजयी गराउन रिकार्डो रोड्रिग्वेज र म्याक्जीमीलीयान आर्नोल्डले एक एक गोल गरे ।

जिततसँगै उल्फवर्गले सेमीफाईनल पुग्ने संभावना बलियो पारेको छ भने रियाल मड्रिड दबाबमा परेको छ । यी दुई क्लवविचको क्वाटरफाईनल दोस्रो लेगको खेल यही अप्रिल १३ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राती भएको अर्को खेलमा फ्रान्सको पेरीस सेन्ट जर्मेन पि.एस.जी. र इंग्लण्डको म्यान्चेस्टर सिटीले २-२ गोलको बराबरी खेलेका छन् ।

फ्रान्समा भएको खेलमा घरेलु टोली पि.एस.जी.का लागि ईब्राहिमोभिच र राबियोटले एक एक गोल गरे ।

म्यान्चेस्टर सिटीका केभिन डे ब्रायन र फर्नान्डीनोले एक एक गोल गरेपछि पहिलो लेगको खेल २-२ गोलको बराबरीमा सकिएको हो । दोस्रो लेगको खेल म्यान्चेस्टर सिटीको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्