नामिबियाविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा • Image Khabar Image Khabar


नामिबियाविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा


Imagekhabar
२५ चैत्र २०७२, बिहीबार ०९:५७

नामिबियाविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं, चैत २५ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् तेस्रो चरणको नामिबियाविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको विहीबार घोषणा भएको छ ।

आगामी वैशाख ४ र ६ गते हुने उक्त प्रतियोगिताका लागि १८ सदस्यीय खेलाडीको छनोट भएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टका प्रेस सल्लाकार रोहित दाहालले जानकारी दिए ।

उनका अनुसार टोलीमा १४ खेलाडीसहित चारजना वैकल्पिकमा परेका छन् ।

प्रतियोगितामा कप्तानको जिम्मेवारी भने पारस खड्काले पाएका छन् । त्यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्ल छन् ।

त्यसैगरी, अन्य खेलाडीमा सागर पुन, नरेश बुढाऐर, शरद भेषवाकर, विनोद भण्डारी, राजु रिजाल, सन्दिप लामिछाने, सुशन भारी, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी र राजेश पुलामी छन् ।

त्यसैगरी, वैकल्पिकमा विक्रम सोब, दीपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डल छन् ।

राष्ट्रिय खेलकुद परिषदसँगको समन्वयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि बन्दिला वार्नापुरा, प्रशिक्षक जगत टमाटा र नेपाली टोलीका कप्तान पारस खड्काको टोलीले उक्त खेलाडीको अन्तिम घोषणा गरेको हो ।

बन्द प्रशिक्षणको दोस्रो चरणमा २५ खेलाडी सहभागी थिए । नेपाल र नामिबियाबीचको उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । रासस

फाइल फोटो

प्रतिक्रिया दिनुहोस्