 
	    काठमाडौं, चैत २५ । बंगलादेशमा धर्मनिरपेक्ष विचारलाई फेसबुकमार्फत् सार्वजनिक गर्ने कानुनका एक छात्र निजामुद्विन समादको हत्या भएको छ ।
गत बुधबार राति राजधानी ढाकास्थित एक ट्राफिकचोकमा समादलाई पहिला चक्कु र त्यसपछि गोली हानी हत्या गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।
२८ वर्षीय समाद धर्मनिरपेक्ष विचारको प्रचार गर्ने समूहका संयोजक थिए ।
बंगलादेशमा धार्मिक कट्टरवादीले विभिन्न महत्वपूर्ण धर्मनिरपेक्ष ब्लगरलाई आक्रमणको तारो बनाएका छन् । चारजना प्रमुख धर्मनिरपेक्ष ब्लगरको हत्या भैसकेको छ ।
बंगलादेश आधिकारिकरुपमा धर्मनिरपेक्ष भएपनि यस्ता आक्रमण रोक्न भने असफल भएको देखिन्छ । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्