
विराटनगर, चैत २६ । झापाको भद्रपुर विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एअरको विमान विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
शुक्रबार पौने १ बजे आकासमै विमानको देब्रेपट्टिको इन्जिनमा समस्या आएपछि विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको बुद्ध एअरले जनाएको छ ।
दिउँसो १२ बजेर २६ मिनेटमा भद्रपुर विमानस्थलबाट उडेको विमान १२ बजेर ४८ मिनेटमा विराटनगरमा अवतरण गरिएको हो । चालक दलका सदस्यसहित विमानमा ७० जना सवार थिए ।
भद्रपुरबाट उडेको एटीआर विमान ७२ सिट क्षमताको हो ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्