
काठमाडौं, चैत २६ । मुलुकको सबैभन्दा पुरानो काठमाडौंको त्रिपुरेश्वरस्थित आँखा अस्पतालले शुक्रबार ४२औं वार्षिकोत्सव मनाएको छ ।
समारोहको उद्घाटन गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले स्वास्थ्य क्षेत्रमा नेपाल आँखा अस्पताल नमूना अस्पतालकारुपमा स्थापित भएको बताए ।
उनले आँखा अस्पताललाई नमूनाकोरुपमा लिँदै देशका अरु भागमा पनि विभिन्न अस्पताल स्थापना भएको र यसले स्वास्थ्य सेवा पाउने जनताको मौलिक हक प्रबद्र्धन गर्न सहयोग पुगेको बताए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीले अस्पतालको जग्गाको विषयमा अस्पताल र गुठी संस्थानको विवादले अस्पताल सन्चालनमा बाधा पुगेको भन्दै उपप्रधानमन्त्री थापालाई समस्याको समाधान गरिदिन आग्रह गरे ।
उपप्रधानमन्त्री थापाले अस्पतालको समस्याबारे सम्बन्धित निकायमा छलफल गरी समाधान खोज्ने वचन दिए ।
आँखा अस्पताल सन् १९७३ मा आँखा विशेषज्ञ डा. रामप्रसाद पोखरेलको नेतृत्वमा काठमाडौंको त्रिपुरेश्वरमा स्थापना भएको हो ।
यसअघि, काठमाडौंको वीर अस्पतालमामात्रै आँखाको उपचार गरिन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्