घटनाले यसरी लियो नाटकीय रुप, हत्कडी लगाएपछि पनि ठूला कुरा ! (भिडियोसहित) • Image Khabar Image Khabar


घटनाले यसरी लियो नाटकीय रुप, हत्कडी लगाएपछि पनि ठूला कुरा ! (भिडियोसहित)


Imagekhabar
२६ चैत्र २०७२, शुक्रबार १३:३०

घटनाले यसरी लियो नाटकीय रुप, हत्कडी लगाएपछि पनि ठूला कुरा ! (भिडियोसहित)

भुवन भट्ट/कुमार थापा
काठमाडौं, चैत २६ । मुद्दा मिलाइदिने, जागिर लगाइदिने, सरुवा गरिदिने अथवा विदेश पठाइदिने भनेर सर्वसाधारणलाई ठगी गर्दै हिँड्नेहरुको कमी छैन, काठमाडौंमा ।

ठूला मान्छेहरुको नाम भजाएर ठगी गर्ने विचौलियाको एउटा समूह भने नाटकीयरुपमा प्रहरीको फन्दामा परेको छ ।

गत चैत १२ गते काठमाडौंको बालाजुबाट लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका तीनजना अभियुक्तलाई छुटाइदिने भन्दै रकम लिने तीनजना विचौलिया पनि प्रहरीको कब्जामा परेका छन् ।

अभियुक्तहरुकी आफन्त शान्ता भट्टराईले विचौलिया सुनील गोपालीलाई ५० हजार रुपैयाँ पेश्की दिएकी रहिछन् ।

तर, ५० हजार खाइसकेपछि गोपालीले २ लाख थप मागेपछि शान्ता भट्टराई बुझबुझारत गर्न पुलिसकहाँ पुग्दा घटनाले नाटकीय रुप लियो । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

 

प्रतिक्रिया दिनुहोस्