सुनको मूल्य पुनः उकालो लाग्यो • Image Khabar Image Khabar


सुनको मूल्य पुनः उकालो लाग्यो


Imagekhabar
२६ चैत्र २०७२, शुक्रबार १४:१६

सुनको मूल्य पुनः उकालो लाग्यो

काठमाडौं, चैत २६ । शुक्रबार सुनको मूल्य पुन उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बृद्धि भएर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार ५४ हजार १ सय रुपैयाँमा स्थीर रहेको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर ७ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३५ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्