१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


नेपाली सेना र अमेरिकी सेनाको विपद् व्यवस्थापनसम्बन्धी संयुक्त सैन्य अभ्यास सुरु


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, जेठ ५ । नेपाली सेना र अमेरिकी सेनाको विपद् व्यवस्थापनसम्बन्धी सैन्य अभ्यास आइतबारदेखि पोखरामा सुरु भएको छ ।

‘डिजास्टर रेस्पोन्स एक्सरसाइज एन्ड एक्सचेन्ज’ (डीआरइई) नामाकरण दिइएको उक्त सैन्य अभ्यास नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डले संयुक्तरुपमा आयोजना गरेका हुन् ।

अभ्यासमा विभिन्न ६ देशका सेनाको सहभागिता छ । नेपालको तर्फबाट भने नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय निकायका प्रतिनिधिकोसमेत सहभागिता छ ।

यही जेठ १२ गतेसम्म चल्ने अभ्यासमा २२० जना सहभागी छन् ।

सहभागीहरुबीच १० समूह बनाएर पाँच दिनसम्म समूहगत छलफल हुने बताइएको छ ।

यसअघि, नेपाली सेनाले अमेरिका, भारत र चीनसित संयुक्त सैन्य अभ्यास गर्दै आएको थियो ।

पछिल्लो समय नेपाली सेना र अमेरिकी सेनाको ‘स्पेसल फोर्स’बीच ‘ब्यालेन्स नेल’नामक संयुक्त सैन्य अभ्यास मुस्ताङमा सम्पन्न भएको थियो ।