२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


दिनको एक कप चिया किन्ने पैसा संकलन गर्दै निःशुल्क उपचार


0
Shares

काठमाडौं, चैत २७ । काठमाडौंको युवा नेत्र सेवाले दिनको एक कप चिया किन्ने पैसा संकलन गर्दै सर्वसाधारणलाई निःशुल्क उपचारको व्यवस्था गर्ने जनाएको छ ।

युवा नेत्र सेवाले शनिबार राजधानीमा एक कार्यक्रम गरी एक कप चिया किन्ने रकम संकलन गरी मोतीबिन्दूको निःशुल्क उपचार गर्ने अभियान चलाएको जानकारी दिएको हो ।

दैनिक एक कप चियाबाट आफ्नो रकम छुट्याएर सहयोग गर्नेहरुको संख्या बढ्दै गएकाले यसमा सहभागी हुन सबैलाई आह्वान गरिएको छ ।