आयोजकलाई हराउँदै आर्मी च्याम्पियन, नवयुगले गरे निर्णायक गोल • Image Khabar Image Khabar


आयोजकलाई हराउँदै आर्मी च्याम्पियन, नवयुगले गरे निर्णायक गोल


Imagekhabar
२७ चैत्र २०७२, शनिबार ११:४०

आयोजकलाई हराउँदै आर्मी च्याम्पियन, नवयुगले गरे निर्णायक गोल

झापा, चैत २७ । रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

झापाको डोमलाल राजवंशी मैदानमा शनिबार भएको फाइनलमा आयोजक झापा–११ लाई १–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

खेलको १८औं मिनेटमा नवयुग श्रेष्ठले गरेको गोल नै आर्मीलाई जिताउन पर्याप्त भयो । खेलमा झापाले आधादर्जन गोल गर्ने अवसर खेरफालेको थियो ।

सिजनको पहिलो उपाधि जितेको आर्मीले ट्रफीसँगै ६ लाख रुपैयाँ हासिल गरेको छ । उपविजेता झापाको भागमा तीन लाख रुपैयाँ परेको छ ।

सेमिफाइनलमा थ्रीस्टार क्लबलाई पराजित गर्दै झापा तथा मनाङ–मर्स्याङ्दीलाई हराउँदै आर्मी फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्