
विनोदसिंह विष्ट (इमेज)
अपडेटः
बैतडी, जेठ ५ । बैतडीमा एक यात्रीवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१०, बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, ६५ वर्षीया नरुली भट्ट र ६० वर्षीय लालमणि भट्ट छन् ।
दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
बैतडीको देहीमाडौंबाट नागार्जुनतिर जाँदै गरेको ग१ज ४९२१ नम्बरको जिप आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–११, नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
जिप सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।
जिपमा ६ जनामात्रै सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्