कर्ण लिम्बु सर्वोत्कृष्ट, नवयुग ‘म्यान अफ द फाइनल’ • Image Khabar Image Khabar


कर्ण लिम्बु सर्वोत्कृष्ट, नवयुग ‘म्यान अफ द फाइनल’


Imagekhabar
२७ चैत्र २०७२, शनिबार १३:०३

कर्ण लिम्बु सर्वोत्कृष्ट, नवयुग ‘म्यान अफ द फाइनल’

झापा, चैत २७ । रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

झापाको डोमालाल राजवंशी मैदानमा शनिबार भएको फाइनलमा आयोजक झापा–११ लाई १–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

खेलको १८औं मिनेटमा नवयुग श्रेष्ठले गरेको गोल नै आर्मीलाई जिताउन पर्याप्त भयो । विमल घर्तीमगरको पासलाई सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् ।

खेलमा झापाले आधादर्जन गोल गर्ने अवसर खेरफालेको थियो ।

सिजनको पहिलो उपाधि जितेको आर्मीले ट्रफीसँगै ६ लाख रुपैयाँ हासिल गरेको छ । उपविजेता झापाको भागमा तीन लाख रुपैयाँ परेको छ ।

प्रतियोगितामा ७ गोल गरेका झापा–११ का कर्ण लिम्बु उत्कृष्ट ठहरिँदै मोटरसाइकल प्राप्त गरे भने नवयुग ‘म्यान अफ द फाइनल’ घोषित भए ।

सेमिफाइनलमा थ्रीस्टारलाई पराजित गर्दै झापा तथा मनाङ–मर्स्याङ्दीलाई हराउँदै आर्मी फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्