साताभर नेप्से दोहोरो अंकले बढ्यो, कारोबार घट्यो • Image Khabar Image Khabar


साताभर नेप्से दोहोरो अंकले बढ्यो, कारोबार घट्यो


Imagekhabar
२७ चैत्र २०७२, शनिबार १४:१०

साताभर नेप्से दोहोरो अंकले बढ्यो, कारोबार घट्यो

काठमाडौं, चैत २७ । यो साता शेयर बजार परिसूचक नेप्से उल्लेख्य अंकले बढ्यो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब २६ अंकले बढेर अन्तिम दिन १३ सय ७७ विन्दुमा आइपुग्यो । अघिल्लो साता नेप्से ७ अंकले झरेको थियो ।

यो साता कारोबार भएकामध्ये अधिकांश समूह उकालो लागेसँगै नेप्से दोहोरो अंकले बढेको हो । यो साता बीमा समूह सबैभन्दा उच्च १ सय १७ अंकले बढ्यो ।

यस्तै, उत्पादनमूलक समूह ८४ अंकले, वाणिज्य बैंक २५ अंकले र विकास बैंक समूह पनि २४ अंकले बढ्यो । जलविद्युत् र होटल समूहमा पनि गिरावट आयो । कारोबार परिमाणमा भने गिरावट आयो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीहरुको दुई अर्ब ८ करोड ९० लाख रुपैयाँ बराबरका ३४ लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता तीन अर्ब ८८ करोड २ लाख रुपैयाँ बराबरका ६८ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा ४६ प्रतिशतले कम हो ।

यो साता कारोबार रकम र कारोबार संख्याको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल उत्कृष्ट भयो भने कारोबार भएको सेयर संख्याको आधारमा नबिल ब्यालेन्स फन्ड अग्रस्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्