१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


धादिङ बस दुर्घटनाः ‘दुर्घटनाअघि बसका चालक फेरिएका थिए’ (भिडियो)


0
Shares

नवराज छत्कुली (इमेज)

धादिङ, जेठ ५ । धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

पाँचजनाको घटनास्थलमा र तीनजनाको उपचारकाक्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौंको थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरिका ३६ वर्षीया सीता थपलिया, इलाम, कन्यामका २० वर्षीय विशाल गिरी, धादिङ, बेनिघाटका ४३ वर्षीय राजन आचार्य रहेका छन् ।  चारजनाको सनाखत हुन सकेको छैन ।

घाइतेमध्ये २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्यको धादिङस्थित विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना७ख ४३८७ नम्बरको यात्रीवहाक बस आइतबार बिहान ६ बजेतिर त्रिशूली नदीमा खसेको हो ।

बस सडकबाट करिब ६० मिटर तल नदीमा खसेको छ ।

दुर्घटनाअघि बसका चालक फेरिएको घाइतेहरुले बताएका छन् ।

नदीबाट बस निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

भिडियो हेर्नुहोस्