उद्योग–व्यवसाय क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन माग • Image Khabar Image Khabar


उद्योग–व्यवसाय क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन माग


Imagekhabar
२७ चैत्र २०७२, शनिबार १४:१७

उद्योग–व्यवसाय क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन माग

काठमाडौं, चैत २७ । मुलुकभित्रको स्रोत–साधनको अधिकतम् उपयोग गरी रोजगारी र समृद्धिमा केन्द्रित हुन आग्रह गरिएको छ ।

रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान नामक अभियानले काम गरी खान पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रम गरी अभियानले उद्योग–व्यवसाय क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त घोषणा गर्न पनि माग गरेको छ ।

अभियानले योग्यता, क्षमता, सीप र दक्षताअनुसारको रोजगारको ग्यारेन्टी गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्