 
	    अपडेटः
काठमाडौं, चैत २८ । अफगानिस्तान र ताजिकिस्तानको सीमानामा केन्द्रबिन्दू भएर नेपाली समयअनुसार आइतबार अपराह्न सवा ४ बजे ६.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
हिन्दूकुश पर्वत शृंखलालाई केन्द्रबिन्दू बनाइ दुई सय किलोमिटर गहिराइमा भूकम्प गएको जनाइएको छ ।
अमेरिकी जिओलोजिकल सर्भे (युएसजीएस)ले भने ६.६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का पाकिस्तानकासाथै भारतमासमेत महसुस गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
भारतको राजधानी नयाँदिल्लीसहित उत्तर भारतमा भूकम्पको धक्काको बढी असर परेको बताइएको छ ।
भारतको कास्मिरमा दुई मिनेटसम्म भूकम्पको धक्का महसुस भएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
भूकम्पमा परी पाकिस्तानमा कम्तीमा दुईजनाको मृत्यु भएको खबर छ ।
त्यस्तै, पाकिस्तान र भारतमा गरी थुप्रै घाइते भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्