बार्सिलोनाको लगातार दोस्रो हार • Image Khabar Image Khabar


बार्सिलोनाको लगातार दोस्रो हार


Imagekhabar
२८ चैत्र २०७२, आईतवार १२:४६

बार्सिलोनाको लगातार दोस्रो हार

काठमाडौं, चैत २८ । स्पेनिस लिग ला लिगामा उपाधिको प्रमुख दाबेदार बार्सिलोनाले लगातार दोस्रो हार ब्यहोरेको छ ।

गत हप्ता ‘एल क्लासिको’मा अर्को दाबेदार रियाल मड्रिडसँग पराजित भएको बार्साले शनिबार राति फेरि रियाल सोसिडाडसँग उसकै मैदानमा १–० को हार ब्यहोरेको हो ।

यो हारले भने एथलेटिको मड्रिड र रियाल मड्रिडले अंक दूरी कम गरेका छन् ।

३२ खेलबाट बार्साको ७६ अंक छ भने एथ्लेटिकोको ७३ अंक भएको छ । त्यस्तै, रियाल मड्रिडको ७२ अंक भएको छ ।

शनिबार रातिको खेलमा रियाल मड्रिडले आइबरलाई ४–० ले तथा एथ्लेटिकोले स्पानियोललाई ३–१ ले हरायो ।

शनिबार रातिको अर्को खेलमा रियाल बेटिसले लेभान्तेलाई १–० ले पराजित गर्‍यो ।

लिगमा आइतबार पाँच खेल हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्