फाइनान्समा विकास बैंक गाभिइ एकीकृत कारोबार सुरु, इतिहासमै पहिलो घटना • Image Khabar Image Khabar


फाइनान्समा विकास बैंक गाभिइ एकीकृत कारोबार सुरु, इतिहासमै पहिलो घटना


Imagekhabar
२८ चैत्र २०७२, आईतवार १४:०५

फाइनान्समा विकास बैंक गाभिइ एकीकृत कारोबार सुरु, इतिहासमै पहिलो घटना

काठमाडौं, चैत २८ । गोर्खा डेभलपमेन्ट बैंक काठमाडौं फाइनान्ससँग गाभिएर ‘गोर्खाज फाइनान्स’ बनेको छ । आइतबारदेखि दुबै संस्था ‘मर्ज’ भइ एकीकृत कारोबार सुरु भएको हो ।

२०६७ सालमा नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएको बैंकको व्यवस्थापन पनि केन्द्रीय बैंकले सम्हालेको थियो ।

काठमाडौं फाइनान्ससँग मर्जर सम्पन्न भएसँगै राष्ट्र बैंकको व्यवस्थापन समूह पनि फर्किएको छ ।

आइतबार राजधानीमा औपचारिक कार्यक्रम गरी गोर्खाज् फाइनान्सको एकीकृत कारोबार सुरु गरेको जानकारी गराइएको हो ।

एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे ।

बैंकिङ इतिहासमा विकास बैंक फाइनान्समा झरेको यो नै पहिलो घटना हो ।

 

प्रतिक्रिया दिनुहोस्