आइपिएल : कोलकाताद्वारा दिल्ली पराजित • Image Khabar Image Khabar


आइपिएल : कोलकाताद्वारा दिल्ली पराजित


Imagekhabar
२९ चैत्र २०७२, सोमबार ०१:२०

आइपिएल : कोलकाताद्वारा दिल्ली पराजित

कोलकाता, चैत २९ । इन्डियन प्रिमियर लिगको नवौं संस्करण अन्तर्गतको दोस्रो म्याचमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराति कोलकाताको इडन गार्डेनमा भएको म्याचमा दिल्ली डेयरडेभिल्सले पहिले ब्याटिङ गर्दै केवल ९८ रन बनाएको थियो । जितका लागि ९९ रनको सामान्य लक्ष्य पाएको कोलकाताले एक विकेटको क्षतिमा १५ औं ओभरको पहिलो बलमै जित हासिल गरेको हो ।

कोलकाताका लागि कप्तान गौतम गम्भीरले सर्वाधिक ३८ रन बनाए । रोबिन उथप्पाले ३५ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्