१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


आगलागी पीडितलाई राहत वितरण


0
Shares

सिन्धुली, चैत २९ । जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले सिन्धुलीको भुवनेश्वरी गाविसका आगलागी पीडितलाई राहत वितरण गरेका छन् ।

भीषण आगलागीका कारण घरवारविहीन भएका यहाँका ४२ घर परिवारलाई राहत वितरण गरिएको हो । उनीहरुलाई प्रति घर परिवार ५ हजार रुपैयाँ तथा पाल, भाँडाकुँडा, लत्ताकपडालगायतका सामाग्री वितरण गरिएको हो ।

त्यसैगरी सिन्धुली उद्योग वाणिज्य संघले दाल, चामल, नुन, पानी, तेल, चाउचाउलगायतका सामग्री उपलब्ध गराएको छ । आगलागी पीडितहरुलाई अन्य विभिन्न संघ संस्थाले सहयोग गर्ने क्रम जारी राखेका छन् । भुवनेश्वरी गाविसमा भएको आगलागीमा ४२ घर ध्वस्त भएका थिए ।